Dark Mode

      Subscribe

प्याब्सन र एनप्याब्सनका नवनिर्वाचित व्यक्तित्वलाई सुन्दरहरैंचा एनप्याब्सनले गर्यो भव्य सम्मान

2.5K
SHARES
प्याब्सन र एनप्याब्सनका नवनिर्वाचित व्यक्तित्वलाई सुन्दरहरैंचा एनप्याब्सनले गर्यो भव्य सम्मान

सुन्दरहरैंचा (मोरङ) । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) सुन्दरहरैंचा नगर कार्यसमितिको आयोजनामा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का नवनिर्वाचित केन्द्रीय उपाध्यक्ष टिका ढकाल, एनप्याब्सनका केन्द्रीय सदस्य नारायण ढकाल लगायतलाई बधाई दिँदै शुभकामना व्यक्त गरिएको छ । एक भव्य कार्यक्रमका बीच नवनिर्वाचित पदधिकारीलगायतलाई बधाई दिँदै सफल कार्यकालको लागि शुभकामना दिइएको हो ।

कार्यक्रमको प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीले निजी विद्यालयहरूले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्नु भयो । उहाँले नवनिर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । आगामी दिनहरूमा संस्थागत विद्यालयहरूसँग सहकार्य गरेर छात्रासँग संवाद गर्न ‘उपमेयर कार्यक्रम’ सञ्चालन गरिने उपमेयर चौधरीले जानकारी दिनु भयो ।

कार्यक्रममा प्याब्सनका नवनिर्वाचित केन्द्रीय उपाध्यक्ष टिका ढकालले प्याब्सन, एनप्याब्सन र हिसानजस्ता संस्था फरक भए तापनि यिनीहरुको साझा उद्देश्य गुणस्तरीय शिक्षा प्रदान गर्ने रहेको प्रष्ट पार्नु भयो । शैक्षिक सुधारका लागि सबै तहका सरोकारवालाबीच समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै देशभरको शैक्षिक दायित्वमध्ये करिब ३५ प्रतिशत हिस्सा निजी क्षेत्रले बहन गरिरहेको तथ्य प्रस्तुत गर्नुभयो ।

सुन्दरहरैंचा नगरपालिकाका प्रवक्ता रोशन ढकालले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि संस्था र पदाधिकारीहरूबीच गहिरो समन्वय आवश्यक रहेको धारणा राख्नु भयो । उहाँले सुन्दरहरैंचालाई शैक्षिक हबको रूपमा विकास गर्न सबै पक्षको सक्रिय सहभागिता अपरिहार्य भएको भनाई राख्नु भयो ।

कोशी प्रदेशका सहसचिव कमल खनालले नवनिर्वाचित नेतृत्वको कार्यकाल सफल, सबल र प्रेरणादायी हुने विश्वास व्यक्त गर्नुभयो । यसैगरी उहाँले नवनिर्वाचित पदाधिकारीहरुले निजी शैक्षिक संस्थाहरूको समस्यालाई केन्द्रीय तहमा प्राथमिकताका साथ उठाउने अपेक्षा व्यक्त गर्नुभयो । प्रदेशका सहसचिव खनालले भन्नुभयो, “शिक्षा नीतिको समायोजन, गुणस्तरीय शिक्षा र निजी विद्यालयहरूका चुनौती समाधानमा हाम्रो भूमिका सक्रिय र नीतिगत हुनेछ ।” साथै केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय गर्दै शिक्षाको समग्र सुधारतर्फ अग्रसर भएर अघि बढनुपर्नेमा सहसचिव खनालको जोड रहेको थियो ।

एनप्याब्सनका केन्द्रीय सदस्य नारायण ढकालले नवनिर्वाचित पदाधिकारीहरूले जिम्मेवारीपूर्ण ढंगले संस्था र शैक्षिक विकासमा योगदान दिनुपर्नेमा जोड दिँदै आफूले प्राप्त गरेको विश्वासलाई इमानदारीपूर्वक वहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रम एनप्याब्सन सुन्दरहरैंचाका नगर समितिका अध्यक्ष खगेन्द्र धमलाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न विद्यालयका प्राचार्य, शिक्षक, शिक्षाविद्, प्रतिनिधि तथा एन प्याब्सनका विभिन्न तहका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।



nationalnews7 nationalnews7   
  • April 5, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP