Dark Mode

      Subscribe

तीनकुने घटनाका दोषीलाई कारबाही गरौं, कसैलाई नछाडौं: देउवा

1.3K
SHARES
तीनकुने घटनाका दोषीलाई कारबाही गरौं, कसैलाई नछाडौं: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीनकुनेमा भएको हिंसात्मक घटनाका दोषीलाई छोड्न नहुने बताएका छन् । आइतबार तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारसँग भेट गर्दै सभापति देउवाले उक्त घटनाका दोषीलाई कारबाही गर्नुपर्ने भन्दै कसैलाई छाड्न नहुने बताएका हुन् । सो क्रममा रजकका परिवारले उक्त घटनाको छानबिन नै नभएकाले दोषी उम्कन सक्ने आशंका व्यक्त गरेका थिए । सभापति देउवाले तीनकुने घटनाको छानबिन गर्नुपर्ने पार्टी निर्णय रहेको सुनाए ।

राजावादीको आन्दोलनमा पार्टी कार्यालयदेखि सरकारी संरचनाका साथै धेरै निजी संरचना ध्वस्त पारेको भन्दै सभापति देउवाले सरकारले घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने उल्लेख गरे । सुरेश रजकका परिवारले सबै मिलेर पीडितलाई न्याय दिने अवस्था बनाउन आग्रह गरेका थिए ।

सो क्रममा रजकका परिवारले उक्त घटनाको छानबिन नै नभएकाले दोषी उम्कन सक्ने आशंका व्यक्त गरेका थिए । सभापति देउवाले तीनकुने घटनाको छानबिन गर्नुपर्ने पार्टी निर्णय रहेको सुनाए । राजावादीको आन्दोलनमा पार्टी कार्यालयदेखि सरकारी संरचनाका साथै धेरै निजी संरचना ध्वस्त पारेको भन्दै सभापति देउवाले सरकारले घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने उल्लेख गरे । सुरेश रजकका परिवारले सबै मिलेर पीडितलाई न्याय दिने अवस्था बनाउन आग्रह गरेका थिए ।



nationalnews7 nationalnews7   
  • April 6, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP