Dark Mode

      Subscribe

चीनले अमेरिकी सामानमा १२५ प्रतिशत कर बढायो

1K
SHARES
चीनले अमेरिकी सामानमा १२५ प्रतिशत कर बढायो

काठमाडाैं । चीनले अमेरिकाबाट आयात हुने सामानहरूमा फेरि कर बढाएको छ । चीनले अमेरिकाबाट आयात हुने सामानमा कर बढाएर १२५ प्रतिशत पुर्‍याएको बीबीसीले जनाएको छ । यसअघि बुधवार चीनले अमेरिकी सामानमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेको थियो । चीनले लगाएको यो कर भोलि शनिवारदेखि लागू हुनेछ । यस्तै चीनले यदि अमेरिकाले यसपछि पनि कर बढायो भने पनि आफूले बदला नलिने बताएको खबरमा उल्लेख छ ।

गएको हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप ३४ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको थियो । यो कर अप्रिल ९ देखि लागू हुने भनिएको थियो तर त्यसको केही घण्टाअघि ट्रम्पले थप ५० प्रतिशत कर बढाउने घोषणा गर्नुभएको थियो । यसको प्रतिक्रियामा चीनले अस्ति बुधवार अमेरिकी सामानहरूमा ५० प्रतिशतले कर बढाएर ८४ प्रतिशत पुर्‍याएको थियो ।

यस्तै हिजो अमेरिकाले चीनमाथिको कर बढाएर १४५ प्रतिशत पुर्‍याउने घोषणा गरेको छ । यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले ७० वटाभन्दा धेरै देशलाई लगाएको ‘रेसिप्रोकल’ अर्थात् पारस्परिक कर भने ९० दिनका लागि रोक्नुभएको छ ।



nationalnews7 nationalnews7   
  • April 11, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP