Dark Mode

      Subscribe

शिक्षक आन्दोलन : सडकमै बसेर प्रदर्शन, सवारी आवागमन प्रभावित

897
SHARES
शिक्षक आन्दोलन : सडकमै बसेर प्रदर्शन, सवारी आवागमन प्रभावित

काठमाडौं । आन्दोलनरत शिक्षकहरूको शनिबार पनि प्रदर्शन जारी राखे । गत चैत २० गतेदेखि प्रदर्शन गरिरहेका शिक्षकहरू शनिबार सडकमै बसेर प्रदर्शन गरिरहेका छन् । बबरमहल–बानेश्वर सडक खण्डमा शिक्षकहरूले बसेरै प्रदर्शन गर्दा सवारी आवागमन प्रभावित भएको छ ।

‘माइतीघर मण्डलाको बबरमहल जाने तर्फको पूरै सडकमा बसेर प्रदर्शन गरिरहेका छौं,’आन्दोलनमा सहभागी शिक्षक पूर्ण ब्लोनले भने, ‘सडक पूरै ब्लक छ । सवारी साधन चलेको छैन ।’ शिक्षक महासंघको नेतृत्वमा आन्दोलन भइरहेको हो । महासंघले आन्दोलन र वार्ता सँगसँगै लगेको छ ।

बिहीबार र शुक्रबार वार्ता भएको थियो । आज पनि वार्ताको तयारी भइरहेको शिक्षा मन्त्रालयका अधिकारीहरूले बताएका छन् । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मुख्य मागसहित शिक्षहरू सडक आन्दोलनमा उत्रिएका हुन् । यससँगै माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुस्तिका जाँच पनि प्रभावित भएको छ ।



nationalnews7 nationalnews7   
  • April 12, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP