Dark Mode

      Subscribe

एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको तयारी

637
SHARES
एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको तयारी

काठमाण्डौ । अमेरिकाले अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विकासशील देशहरूसँग साझेदारी गरेर आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने उद्देश्यको अनुदान सहयोग कार्यक्रम एलन मस्क नेतृत्वको अमेरिकी सरकारी दक्षता विभाग (डज) ले बन्दका लागि प्रक्रिया अगाडि बढाएको हो ।

एमसीसीका कर्मचारीलाई इमेलमार्फत यसबारेमा सूचित गरिएको र उनीहरूलाई ‘मे’ ५ तारिखदेखि प्रशासकीय बिदामा राखिने सम्भावना रहेको रोयटर्सले जनाएको छ ।

अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुसले सन् २००४ मा स्थापना गरेको एमसीसीलाई बन्द गर्ने निर्णय प्रक्रियामा अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको खर्च कटौती नीतिअन्तर्गत परेको हो ।

एमसीसी परियोजना बन्द भएमा नेपालमा सञ्चालित परियोजनाअन्तर्गतका काम पनि रोकिने छन् । नेपालमा गएको २०८० भदौदेखि एमसीसी परियोजना कार्यान्वयनमा आएको थियो । नेपाल र अमेरिकाबीच २०७४ भदौमा एमसीसी परियोजना अघि बढाउने सम्झौता भएको थियो ।

एमसीसीले विकासशील देशसँग साझेदारी गर्दै विद्युत् आपूर्ति, सडक निर्माणजस्ता महत्त्वपूर्ण पूर्वाधारमा लगानी गर्दै आएको छ ।



nationalnews7 nationalnews7   
  • April 24, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP