Dark Mode

      Subscribe

‘ट्रेडमार्क र पेटेन्टको मुद्दामा सरकारले विशेष कानुनी व्यवस्था गर्नुपर्छ’

962
SHARES
‘ट्रेडमार्क र पेटेन्टको मुद्दामा सरकारले विशेष कानुनी व्यवस्था गर्नुपर्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ट्रेडमार्क र पेटेन्टको मुद्दामा आउने विवादका विषयमा सरकारले विशेष कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा ‘बौद्धिक सम्पती दिवस’को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालमा उत्पादित कतिपय वस्तुहरुको ट्रेडमार्कमा मिल्दो जुल्दो ब्राण्ड देखिने गरेको बताए ।

नेपालको कानुनले बौद्धिक सम्पतीको पेटेन्ट अधिकार सुरक्षित गरेको पनि उनको भनाइ थियो । ‘खासगरी यो विश्व बौद्धिक संगठनले तय गर्ने नारा र यस दिवसले विश्वभर आयोजना गर्ने कार्यक्रमले बौद्धिक सम्पती अधिकार र नवप्रवर्तनलाई रचनात्मक प्रोत्साहन गर्न सहयोग पुगेको म यहाँ राख्न चाहन्छु,’ अध्यक्ष ढकालले भने, ‘खास गरेर संगीतको रचनालाई प्राथमिकता दिएर यसको थिमनै यसरी गरेको हुनाले यस क्षेत्रमा लाग्ने सबै सरोकारवाला पक्षलाई बधाइ पनि दिन चाहन्छु ।’



nationalnews7 nationalnews7   
  • April 26, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP