Dark Mode

      Subscribe

वाईफाई नेपालले ल्याएको नयाँ इन्टरनेट योजना कस्तो ?

1.3K
SHARES
वाईफाई नेपालले ल्याएको नयाँ इन्टरनेट योजना कस्तो ?

काठमाण्डौ । इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपाल प्रालिले आफ्नो सेवा दायरा थप विस्तार गर्दै उच्चगतिको १०० एमबीपीएस फाइबर इन्टरनेट सेवा औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
वाईफाई नेपालले अब बढ्दो डिजिटल आवश्यकतालाई ध्यानमा राखी डुअल ब्यान्ड राउटरसहितको १०० एमबीपीएस इन्टरनेट प्याकेज ल्याएको जनाएको छ । जुन नेपाली घरपरिवार र सा व्यवसायहरूका लागि विशेष रूपमा डिजाइन गरिएको कम्पनीको भनाई छ ।

ग्राहकहरूले २४ महिनाको लागि मात्र १५,७०७ रुपियाँ र १२ महिनाको लागि मात्र ९,४६९ रुपियाँ शुल्कमा नयाँ १०० एमबीपीएस योजना लिन सक्नेछन् ।  उल्लेखित मूल्यमा भ्याट समेत समावेश गरिएको छ र अतिरिक्त कुनै शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।

वाईफाई नेपालले हाल ५० एमबीपीएस र ८० एमबीपीएस इन्टरनेट सेवा प्रदान गर्दै ७० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरूलाई सेवा दिँदै आएको छ ।



nationalnews7 nationalnews7   
  • April 29, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP