Dark Mode

      Subscribe

काठमाडौं महानगरले जेठ ७ देखि टुँडिखेलमा सिप मेला गर्दै

442
SHARES
काठमाडौं महानगरले जेठ ७ देखि टुँडिखेलमा सिप मेला गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी जेठ ७ गतेदेखि टुँडिखेलमा सिप मेला सञ्चालन गर्ने तयारी गरेको छ। गत वर्षको सफलतापछि पुनः आयोजना हुन लागेको मेलाका लागि मेयर बालेन्द्र साह ९बालेन० ले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। छलफलमा मेयर साहले महानगरले वर्षभरि नै सिपमूलक तालिम सञ्चालन गर्दै आएको र ती तालिमबाट दक्ष जनशक्ति उत्पादन भइरहेको जानकारी दिए। उनले ती जनशक्तिलाई रोजगारमा आबद्ध गराउन निजी उद्योग तथा वाणिज्य क्षेत्रसँग सहकार्य गर्न चाहेको बताए।

‘जनशक्तिको खालको माग बताइदिनुहोस्, हामी त्यहीअनुसार तालिम सञ्चालन गर्छौं,’ मेयर बालेनले भने। उनले मानवपूँजी र उद्योग क्षेत्रबीचको खाडल हटाउन मेला प्रभावकारी हुने विश्वास व्यक्त गरे। छलफलमा सहभागी उद्योगी व्यवसायीहरूले पनि सिप मेला जनशक्ति आपूर्ति र रोजगारीको लागि पुलको काम गरेको बताए। उनीहरूले युवालाई श्रम क्षेत्रमा आकर्षित गर्न, स्वदेशमै रोजगारीको वातावरण बनाउन र बैंकहरूसँग मिलेर बीउ पूँजी व्यवस्थापनमा महानगरले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।

महानगरको सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले गत वर्ष २ हजार ७२५ जनालाई तालिम दिइएको र तीमध्ये करिब १ हजार २०० जनाभन्दा बढी रोजगारीमा आबद्ध भएको जानकारी दिए। रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत १५ हजार जनालाई तालिम र कम्तीमा ५ हजार जनालाई रोजगार तथा स्वरोजगारमा जोड्ने लक्ष्य महानगरले लिएको छ।

‘शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग’ जोड्दै सिपहीनलाई सिपयुक्त बनाउने, सिपयुक्तलाई रोजगारीमा जोड्ने र रोजगारीमा भएकाको आय वृद्धि गर्ने मुख्य उद्देश्य महानगरको रहेको छ। छलफलमा गोल्छा ग्रुप, वैद्य ग्रुप, केएल दुगड, सूर्य नेपाल, चौधरी ग्रुप, एनसेल फाउन्डेसन, त्रिवेणी ग्रुप, शंकर ग्रुपलगायत संस्थाका शीर्ष पदाधिकारीको सहभागिता थियो।



nationalnews7 nationalnews7   
  • May 5, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP