Dark Mode

      Subscribe

नेपाल धितोपत्र बोर्डमा अख्तियारले हान्यो छापा, ८९ कम्पनीको कागजपत्र नियन्त्रणमा

728
SHARES
नेपाल धितोपत्र बोर्डमा अख्तियारले हान्यो छापा,  ८९ कम्पनीको कागजपत्र नियन्त्रणमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ ।  प्राथमिक शेयर (आईपीओ) निष्काशनका लागि पाइपलाइनमा रहेका सबै कम्पनीहरुको कागजात अख्तियारले छापा मारेर बोर्डबाट नियन्त्रणमा लिएको छ ।

आईपीओ निष्कासन स्वीकृति दिनुअघि कमिसन मागेको आरोप निजी ऊर्जा उत्पादकहरूले लगाएपछि अख्तियारले बोर्डमा छापा मारेको हो । बोर्डका सहायक प्रवक्ता टोलकान्त न्यौपानेले अख्तियारको टोली बोर्डमा आएको र आईपीओ निष्काशनको स्वीकृति माग्दै बुझाएका कागजातहरु आफ्नो नियन्त्रणमा लिएको जानकारी दिएका छन् । ‘पाइपलाइनमा जलविद्युतका ३३ सहित ८९ कम्पनीको कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लगेको छ’, उनले भने । बुधबार दिउँसो अख्तियारको टोली बोर्डमा पुगेको हो ।

लामो समयसम्म आईपीओ निष्काशनको स्वीकृति बोर्डले अड्काउँदै आएको थियो । यसमा जलविद्युत् कम्पनीहरुसँग बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बिचौलिया खटाएर प्रतिआयोजना ५ देखि ७ प्रतिशतसम्म कमिसन मागेको खबर सार्वजनिक भएको थियो । जलविद्युत् कम्पनीहरुले कमिसन मागिएको भन्दै आइतबार अख्तियारमा उजुरी गरेका थिए।



nationalnews7 nationalnews7   
  • May 7, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP