Dark Mode

      Subscribe

पाकिस्तानसित युद्धविराम गर्ने सहमति भएको भारतले गर्यो पुष्टि

1.6K
SHARES
पाकिस्तानसित युद्धविराम गर्ने सहमति भएको भारतले गर्यो पुष्टि

काठमाडौं । भारतका विदेशसचिव विक्रम मिश्रीले आफ्नो देश र पाकिस्तानले युद्धविराममा सहमति जनाएको पुष्टि गरेका छन् । स्थानीय समयानुसार शनिबार ९मे १०० साँझ ५ बजेदेखि युद्धविराममा सहमति लागु भइसकेको छ ।

उनका अनुसार, पाकिस्तानका सैन्य अपरेसन महानिर्देशक ९डीजीएमओ०ले स्थानीय समयानुसार शनिबार दिउँसो आफ्नो भारतीय समकक्षीसँग फोनवार्ता गरेका थिए । त्यसक्रममा भारतीय समयानुसार साँझ ५ बजेदेखि दुवै पक्षले ‘सबै गोलाबारी र सैन्य कारबाही रोक्ने’ सहमति भएको थियो ।

दुई देशका महानिर्देशकले सोमबार फेरि छलफल गर्ने तय भएको उनले पत्रकार सम्मेलनक्रममा बताएका सीएनएनले जनाएको छ । यसअघि, पाकिस्तानका विदेशमन्त्रीले दुवै देश युद्धविराम गर्न सहमत भएका बताएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविराममा सहमत भएका घोषणा गरेका थिए ।



nationalnews7 nationalnews7   
  • May 10, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP