Dark Mode

      Subscribe

अमेरिका-चीनबीच व्यापार सम्झौता, चाँडै कार्यान्वयनको संकेत

793
SHARES
अमेरिका-चीनबीच व्यापार सम्झौता, चाँडै कार्यान्वयनको संकेत

काठमाडौं । अमेरिकाले चीनसँग व्यापार सम्झौता गरेको छ । जेनेभामा भएको सम्झौताबारे ह्वाइट हाउसले जानकारी दिएको हो । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिका र चीनले व्यापार सम्झौतामा उल्लेखनीय प्रगति गरेका भन्दै खुशी व्यक्त गर्नुभएको बीबीसीले जनाएको छ ।

सम्झौताबारे राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि जानकारी दिइएको छ । सम्झौताको विस्तृत विवरण आज सार्वजनिक गर्ने तयारी छ । जेनेभामा भएको दुई दिने वार्ता रचनात्मक भएको र धेरै चाँडै सहमतिको विन्दुमा पुग्न सफल भएको अमेरिकी व्यापार प्रतिनिधि राजदूत जेमिसन ग्रीरले बताउनुभएको छ ।

वार्ता उपलब्धिमूलक भएको भन्दै उहाँले अमेरिका र चीनबीच धेरैले सोचेजस्तो ठूला भिन्नता नरहेका बताउनुभयो । अमेरिका अहिले १२ सय अर्ब डलरको व्यापार घाटामा छ । यही कारण राष्ट्रपति ट्रम्पले शुल्क लगाउने घोषणा गर्नुभएको खबरमा उल्लेख छ ।



nationalnews7 nationalnews7   
  • May 12, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP