Dark Mode

      Subscribe

अमेरिका र चीन आयातमा लगाइएको कर घटाउने निष्कर्षमा पुगे

1K
SHARES
अमेरिका र चीन आयातमा लगाइएको कर घटाउने निष्कर्षमा पुगे

वासिङ्टन डीसी । अमेरिका र चीन एकअर्काका आयातमा लगाइएका कर अस्थायी रूपमा घटाउन सहमत भएका छन्। अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्टले दुवै देशले आगामी ९० दिनका लागि पारस्परिक कर ११५ प्रतिशत घटाउने बताएका छन्। स्विट्जरल्यान्डमा भन्सार शुल्कबारे अमेरिका र चीनबीच वार्ता भएको थियो। त्यो छलफलपछि सोमबार यो सम्झौता घोषणा गरिएको हो। बेसेन्टले वार्तालाई ‘उत्पादक र रचनात्मक’ भनेका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट अमेरिका आउने सामानमा भारी भन्सार महसुल लगाएपछि दुई देशबीच भएको यो पहिलो बैठक हो। ट्रम्पले चिनियाँ आयातमा १४५ प्रतिशतसम्म भन्सार शुल्क लगाए भने चीनले केही अमेरिकी उत्पादनमा १२५ प्रतिशतसम्म कर लगाएको छ। यी भारी शुल्कले वित्तीय बजारमा उथलपुथल निम्त्यायो र विश्वव्यापी मन्दीको डर बढायो।

सहमतिसँगै अब चिनियाँ आयातमा अमेरिकी भन्सार ९० दिनका लागि ३० प्रतिशतमा झर्नेछ भने अमेरिकी आयातमा चिनियाँ भन्सार १० प्रतिशतमा झर्ने बीबीसीले जनाएको छ।



nationalnews7 nationalnews7   
  • May 12, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP