Dark Mode

      Subscribe

झ्याप्प–झ्याप्प बिजुली गएको प्राविधिक समस्याले हो: प्राधिकरण निर्देशक शाक्य

1.1K
SHARES
झ्याप्प–झ्याप्प बिजुली गएको प्राविधिक समस्याले हो: प्राधिकरण निर्देशक शाक्य

काठमाण्डाै । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेतृत्व फेरिएकै कारण बिजुली आपूर्तिमा समस्या नआएको दाबी गर्नुभएको छ । काठमाण्डौसहित देशका विभिन्न ठाउँमा हिजो बेलुका झ्याप्प–झ्याप्प बिजुली गएपछि आलोचना भइरहेको सन्दर्भमा प्राधिकरणले आज पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराएकाे हो ।

पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक शाक्यले अहिलेको मौसमका कारण समस्या आएको दाबी गर्नुभएको छ । विगतका वर्षहरूमा पनि चैतदेखि जेठसम्म यस्तो समस्या आउने गरेको उहाँको भनाइ छ ।

हावाहुरीले बिजुली नियमित आपूर्तिमा समस्या आएको र समस्याको समाधान गर्दै आएको कार्यकारी निर्देशक शाक्यले बताउनुभयो । बत्ती जानुमा अहिले अरू केही कारण नभएको उहाँको दाबी छ । प्राविधिक समस्याले बिजुली आपूर्तिमा गडबडी हुँदा लोडशेडिङ नै भयो भनेर हल्ला नफैलाउन उहाँको आग्रह छ ।



nationalnews7 nationalnews7   
  • May 16, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP