Dark Mode

      Subscribe

कांग्रेस र एमालेभित्र सत्ता सञ्चालनमा कुनै असमझदारी छैन : शंकर पोखरेल

559
SHARES
कांग्रेस र एमालेभित्र सत्ता सञ्चालनमा कुनै असमझदारी छैन : शंकर पोखरेल

दाङ–। नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार आगामी २०८४ सालको निर्वाचनसम्म नै निरन्तर रहने दाबी गरेका छन् । प्रेस चौतारी दाङ शाखाले बुधबार गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकार ढल्ने भनेर चलाइने हल्ला निराधार रहेको स्पष्ट पार्दै कांग्रेस–एमालेको सत्ता गठबन्धन आगामी निर्वाचनसम्म नै कायम रहने बताए ।

कांग्रेस र एमालेमा सत्ता सञ्चालनमा कुनै असमझदारी नरहेको समेत उनको भनाइ छ । उनले साना दलले ठूला दलमाथि शासन गर्ने परिपाटीको अन्त्य गर्न एमाले र कांग्रेस मिलेर सरकार सञ्चालन गरेको पोखरेलको भनाइ थियो । महासचिव पोखरेलले सत्ता गठबन्धन चुनावी परिणामको उपज भएको उल्लेख गर्दै गठबन्धन सरकार कुनै एक दलको नीतिमा नभइ सामूहिक नीतिका आधारमा चलाइने बताए ।



nationalnews7 nationalnews7   
  • May 21, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP