Dark Mode

      Subscribe

शेयर बजार दोहोरो अंकले बढ्यो, कारोबार रकम घट्यो

767
SHARES
शेयर बजार दोहोरो अंकले बढ्यो, कारोबार रकम घट्यो

काठमाडौं । बुधबार घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ०४ अङ्कले बढेर २ हजार ६ सय ८८ दशमलव ५५ विन्दुमा पुगेको छ ।

आज बैंक, माइक्रोफाइनान्स, म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर घटेको छ । आज बैंक समूहकाे शेयर झन्डै ४ प्रतिशतले बढेकाे छ भने हाेटल समूहकाे शेयर साढे २ प्रतिशतभन्दा धेरैले घटेकाे छ ।

आज ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बाराही हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो १० अर्ब ६९ करोडको कारोबार भएकोमा आज ३ सय १४ वटा कम्पनीका २ करोड २३ लाख कित्ता शेयर ९ अर्ब ८२ करोड रुपैयाँमा किनबेच भएको छ ।



nationalnews7 nationalnews7   
  • May 22, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP