Dark Mode

      Subscribe

मन्त्रिपरिषद् बैठकका २८ निर्णयहरू यस्ता (सूचीसहित)

728
SHARES
मन्त्रिपरिषद् बैठकका २८ निर्णयहरू यस्ता (सूचीसहित)

काठमाडौँ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकका २८ निर्णय मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् सञ्चारमन्त्री गुरुङले सार्वजनिक गर्नुभएको हो ।

सरकारले जापान सरकारबाट छात्रवृत्ति परियोजनाको लागि प्राप्त हुने जापानी येन ५७२ मिलियन ९करिब ५३ करोड ७६ लाख रुपियाँ० बराबरको अनुदान सहायता स्वीकार गर्ने गरेको छ । सरकारले बाफिकोट–खुंग्री १३२ केभी प्रशारण लाइन आयोजनाको लागि ३.२७८ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक पदमा वरिष्ठ वैज्ञानिक डा. कृष्णप्रसाद तिम्सीनालाई नियुक्त गरेको छ । सरकारले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने, सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश स्वीकृति दिने, सार्वजनिक सेवा प्रशारण नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ ।



nationalnews7 nationalnews7   
  • May 27, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP