Dark Mode

      Subscribe

कर्णाली बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ, कति हिनामिना ?

884
SHARES
कर्णाली बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ, कति हिनामिना ?

काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् । बैंकका संस्थापन अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत एवम् पटक–पटक सञ्चालक समिति अध्यक्ष पदमा रही बैंकमा सङ्कलन भएको बचतकर्ताको दुई अर्ब ५० करोड रुपैयाँ भन्दा धेरै रकम हिनामिना गरी फरार रहेका उनी पक्राउ परेका केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

ब्यूरोको टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट ६५ वर्षीय रायलाई पक्राउ गरेको हो । सल्यान घर भएका उनी अहिले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मा बस्दै आएका थिए ।हिजो पक्राउ परेका रायलाई बैंकिङ कसूर तथा सजाय ऐन–२०६४ अन्तर्गत कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक एवम् प्रवक्ता युवराज खड्काले जानकारी दिनुभयो ।



nationalnews7 nationalnews7   
  • June 1, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP