Dark Mode

      Subscribe

काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे किन परे निलम्बनमा ?

429
SHARES
काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे किन परे निलम्बनमा ?

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई निलम्बन गरेका हुन् ।

आफूलाई कार्यालय प्रवेशमा बलपूर्वक अवरोध गरेको र दुर्व्यवहार गरेको भन्दै गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि निलम्बन गरिएको महानगरको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईले मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलसहितलाई बोधार्थ दिएर महानगर प्रहरी बल ऐनबमोजिम गएको चैत २१ गते भएको घटनाको जाँचबुझ नसकिन्जेल बढीमा ६ महिनाका लागि निलम्बन गरिएको जनाएका छन् । पाण्डे निलम्बित भएपछि महानगरपालिकाले नगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीलाई दिइएको छ ।



nationalnews7 nationalnews7   
  • June 3, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP