Dark Mode

      Subscribe

बीमा दावी भुक्तानीमा अब्बल देखियो सिद्धार्थ प्रिमियर इन्स्योरेन्स

767
SHARES
बीमा दावी भुक्तानीमा अब्बल देखियो सिद्धार्थ प्रिमियर इन्स्योरेन्स

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१–८२ को जेठ मसान्त सम्म १४ हजार १९४ वटा दाबी फछ्र्यौट गरी जम्मा दुई अर्ब ४३ करोड ६५ लाख दाबी भुक्तानी गरेको छ ।

उल्लेखित दाबी रकम मध्ये एक अर्ब नौ करोड १३ लाख गत असोज महिनामा परेको अविरल वर्षाबाट उत्पन्न बाढी पहिरोको कारणले पर्न आएको दाबी भुक्तानी गरेको छ भने बाँकि एक अर्ब ३४ करोड ५१ लाख रुपैयाँ कम्पनीमा भइपरि आउने अन्य दैनिक दाबीहरु अन्तर्गत भुक्तानी गरिएको छ । यस आर्थिक वर्षको जेठ मसान्तसम्म जम्मा १५ हजार ४८० वटा दाबी परेको छ ।

कम्पनीले भुक्तानी हुन बाँकि रहेका दाबीहरु शिघ्र फछ्र्यौटका लागि हर सम्भव प्रयास गरिरहेको र बीमितबाट आवश्यक कागजात प्राप्त नहुँदा बाँकि दाबी भुक्तानी गर्न ढिलाई भएकोले सम्बन्धित बीमितहरुलाई आफ्नो दाबीसँग सम्बन्धित कागजात क्षती मुल्यांकनका लागी खटाईएका सर्भेयर, कम्पनीको देशैभरी रहेका शाखा कार्याालय, प्रदेश कार्यालय वा प्रधान कार्यालयमा सम्पर्क गरी शिघ्र कागजात पेश गर्नका लागी अनुरोध गरेको छ ।

कम्पनीमा भईपरी आउने दाबीहरू शिघ्र फछ्र्यौटका लागि कम्पनी सदैव प्रतिबद्द रहेको र सहयोग र सहकार्यका लागी सम्पूर्ण ग्राहकलाई कम्पनीले धन्यवाद व्यक्त गरेको छ ।



nationalnews7 nationalnews7   
  • June 17, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP