Dark Mode

      Subscribe

एसईईमा ६१ दशमलव ८१ प्रतिशत उत्तीर्ण, कसरी हेर्ने रिजल्ट ?

2.2K
SHARES
एसईईमा ६१ दशमलव ८१ प्रतिशत उत्तीर्ण, कसरी हेर्ने रिजल्ट ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा ६२ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका छन् । जसमध्ये ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ जना रहेका छन् । राष्ट्रिय परीक्षा बोर्डको शुक्रबार साँझ बसेको बोर्ड बैठकको निर्णयअनुसार रिजल्ट प्रकाशित गरिएको हो । योपटक शिक्षकहरुको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण रोकिँदा नतिजामा केही ढिलाइ भएको छ ।

यसवर्षको एसइईमा ५ लाख १४ हजार ७१ परीक्षार्थी सामेल थिए । गत वर्षको तुलनामा यस वर्षको परीक्षामा ४९ हजार २८६ जना बढी परीक्षार्थी सहभागी भएका हुन् । गतवर्षको एसइईमा चार लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी थिए ।

माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्या सुधारोन्मुख

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा अघिल्लो वर्षको तुलनामा यस वर्षको परीक्षामा माथिल्लो ग्रेड (स्तरीकृत अङ्क) ल्याउने विद्यार्थीको सङ्ख्या सुधारोन्मुख रहेको पाइएको छ । प्रकाशित नतिजाअनुसार तल्लो ग्रेड ल्याउने विद्यार्थी घट्दो र माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढ्दो पाइएको हो ।
अघिल्ला वर्षमा कोभिड–१९ का कारण भौतिक माध्यमबाट पढाइ नभएको र विद्यार्थीले पर्याप्त तयारी गर्न नपाएकाले नतिजा कमजोर रहेकामा अहिले नियमित पठनपाठनले त्यसमा सुधार आएको विश्लेषण गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार जीपीए शून्य दशमलव ८० देखि एक दशमलव २० ग्रेड ल्याउने २२ हजार विद्यार्थी अर्थात् शून्य दशमलव ४५ प्रतिशत देखिएका छन् । विसं २०७८ को परीक्षाको नतिजामा यस ग्रेडमा शून्य दशमलव ६६ प्रतिशत विद्यार्थी थिए । जीपीए एक दशमलव २० देखि एक दशमलव ६० सम्ममा यस वर्ष ३८ हजार सात सय ७७ अर्थात् सात दशमलव ९९ प्रतिशत विद्यार्थी छन् भने गएको वर्ष नौ प्रतिशत थिए ।जीपीए एक दशमलव ६० देखि दुईसम्म प्राप्त गर्ने यस वर्ष ८८ हजार चार सय ४७ अर्थात् १८ दशमलव २४ विद्यार्थी छन् भने गएको वर्ष २० दशमलव ३० प्रतिशत थिए ।

जीपीए दुईदेखि दुई दशमलव ४० सम्म यस वर्ष एक लाख २२ हजार ९३ विद्यार्थी अर्थात् २१ दशमलव ०९ विद्यार्थी छन् भने गएको वर्ष २३ प्रतिशत थिए । जीपीए दुई दशमलव ४० देखि दुई दशमलव ८० सम्म ल्याउनेमा यस पटक ८९ हजार तीन सय ३१ अर्थात् १८ दशमलव ४२ छन् भने गएको वर्ष १८ दशमलव ३१ प्रतिशत थिए ।
जीपीए दुई दशमलव ८० देखि ३ दशमलव २० सम्ममा ७२ हजार तीन सय ६२ अर्थात् १४ दशमलव ९२ प्रतिशत विद्यार्थी छन् भने गएको वर्ष १४ दशमलव १९ प्रतिशत थिए ।जीपीए तीन दशमलव २० देखि तीन दशमलव ६० ग्रेड ल्याउने ५५ हजार ६९ अर्थात् ११ दशमलव ३६ प्रतिशत छन् भने गएको वर्ष आठ दशमलव ४० प्रतिशत थिए ।

जीपीए तीन दशमलव ६० देखि चार प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या यस वर्ष २२ हजार चार सय ७५ अर्थात् चार दशमलव ६३ प्रतिशत छ भने गएको वर्ष एक दशमलव ९४ प्रतिशत विद्यार्थी थिए । यस वर्ष ‘नन ग्रेडेड’ हुनेमा १३ हजार नौ सय ९२ अर्थात् दुई दशमलव ८९ प्रतिशत विद्यार्थी छन् । परीक्षामा चार लाख ८४ हजार नौ सय ३९ नौ विद्यार्थी रहेकामा चार सय ३१ जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ भने दुई सय ९० विद्यार्थीको नतिजा स्थगन गरिएको बोर्डले जनाएको छ ।

विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ‘ए’ प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ‘ए’ ७० देखि ८० भन्दा कम ल्याउनेलाई ‘बी’ प्लस ग्रेड प्रदान गरिन्छ । त्यस्तै ६० देखि ७० भन्दा कम ल्याउनेलाई ‘बी’ ५० देखि ६० भन्दा कम ल्याउनेलाई ‘सी’ प्लस ४० देखि ५० भन्दा कम ल्याउनेलाई ‘सी’ ३० देखि ४० भन्दा कम ल्याउनेलाई ‘डी’ प्लस, २० देखि ३० ल्याउनेलाई ‘डी’ र २० भन्दा कम ल्याउनेलाई ‘ई’ ग्रेड प्रदान गरिन्छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षा प्रणालीको सुधार र कक्षाकोठाको वातावरणमा सुधार आएमा नतिजामा सुधार आउने भन्दै समग्र नतिजाको मूल्याकङ्कनबारे विस्तृत अध्ययनपछि के आधारमा सुधार आयो भन्न सकिने बताउनुभयो । उहाँले सामुदायिक र संस्थागत विद्यालयका आधारमा नतिजालाई तुलना गरेर विद्यार्थीबीच विभेद सिर्जना नगरिने स्पष्ट पार्नुभयो । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले समग्रमा गएको वर्षभन्दा यस वर्षको नतिजा सकारात्मक रहेको बताउनुभएको हो । अक्षराकङ्न पद्धतिमा नतिजा प्रकाशन गर्दै आएको बोर्डले विषयगत र प्रदेशगत नतिजा पनि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । बोर्डले मौका परीक्षा साउन महिनाको अन्तिममा सञ्चालन गर्नेछ ।

 

 

 

 

 

कहाँकहाँबाट कसरी हेर्न सकिन्छ रिजल्ट हेर्नुहोस् विवरण-



nationalnews7 nationalnews7   
  • June 27, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP