Dark Mode

      Subscribe

गाली गर्नेलाई सार्वजनिक गरिदिने समीक्षा र एलिनाको अभियानमा प्रधानमन्त्री ओलीले दिए साथ

806
SHARES
गाली गर्नेलाई सार्वजनिक गरिदिने समीक्षा र एलिनाको अभियानमा प्रधानमन्त्री ओलीले दिए साथ

काठमाडौं । गाली गर्नेलाई सामाजिक सार्वजनिक गरिदिने दुई गायिकाको अभियानमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिऐ साथ दिएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा हुने गालीगलौज र परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्ने बताएका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा आफू राम्रो देखिन अरुको दोष खोजेर गरिने गाली, परपीडक प्रवृत्तिविरुद्ध गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीको अभियानको प्रशंसा गर्दै त्यस्ता व्यक्तिलाई सार्वजनिक गरिदिने तरिका सही लागेको बताएका छन् ।

समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसकेको भन्दै ओलीले राम्रो गर्न खोज्नेले हिम्मत हार्न नहुने बताए । उनले लेखेका छन्– ‘आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ । समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डोर्‍याउन नदिन र विवेकतर्फ फर्काउन ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो । समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो । राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन ।’



nationalnews7 nationalnews7   
  • June 28, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP