Dark Mode

      Subscribe

हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडियो, जिल्लाबासीको सपना पूरा

494
SHARES
हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडियो, जिल्लाबासीको सपना पूरा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको खार्पुनाथ गाउँपालिका(५ को च्वाखोला नदीमा निर्माण सम्पन्न भएको बेलिब्रिज उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले सिमकोट औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालमा जोड्ने कर्णाली करिडोरअन्तरगत पर्ने खार्पुनाथ गाउँपालिका-५ को च्वाखोला नदीमा निर्माण भएको नयाँ बेलिब्रिज उद्घाटन गरेका हुन् ।

बेलिब्रिज उद्घाटन भएसँगै सदरमुकाम सिमकोट औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । हुम्लाको सदरमुकाम सिमकोटलाई सडक सञ्जालमा जोड्ने योजना बनेपछि खार्पुको दोजाम कर्णाली नदीमा नेपाली सेनाले बेलिब्रिज निर्माण गरेको हो ।

राष्ट्रिय सडक सञ्जालमा जोड्न नसकेको नेपालको एक मात्रै हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटलाई सडकसँग जोडिएको छ । प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वधार मन्त्री देवेन्द्र दाहाल पुगेका थिए । कर्णाली कोरिडोर भएर राष्ट्रिय सडकसँग जोड्नका लागि नेपाली सेनाले असार १० गते बेलिब्रिज निर्माण कार्य सम्पन्न गरेको थियो ।

छोटो समयमै नेपाली सेनाले काम सम्पन्न गर्दा हुम्लावासीले खुसी व्यक्त गरेका छन् । हुम्लालाई सडकसँग जोड्नका लागि नेपाली सेनाको चौध बाइनी निर्माण टोली चैत १० गते हुम्ला पुगेका थिए ।



nationalnews7 nationalnews7   
  • July 6, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP