Dark Mode

      Subscribe

प्रतिनिधिसभाको बैठकमा साइबर सुरक्षा विधेयक प्रस्तुत गरिँदै

663
SHARES
प्रतिनिधिसभाको बैठकमा साइबर सुरक्षा विधेयक प्रस्तुत गरिँदै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (आइतबार) दिउँसो १ बजे बस्ने बस्ने भएको छ । आजको बैठकमा साइबर सुरक्षा विधेयक प्रस्तुत हुने कार्यसूची छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ ।

सम्भावित कार्यसूचीमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्ने पनि उल्लेख छ ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ ।

 



nationalnews7 nationalnews7   
  • July 13, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP