Dark Mode

      Subscribe

अर्थ मन्त्रालयले पूँजी वृद्धि गर्न ब्रोकरहरुलाई थप ९ महिना समय दिने

624
SHARES
अर्थ मन्त्रालयले पूँजी वृद्धि गर्न ब्रोकरहरुलाई थप ९ महिना समय दिने

काठमाडौँ । पूँजी वृद्धि गर्न नसकेका ३० वटा पुराना धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरूले अब थप ९ महिना समय पाउने भएका छन् । ब्रोकरहरुले माग गरेको दुई वर्षको समयका सट्टा अर्थ मन्त्रालयले ९ महिनाको म्याद दिएको हो ।

धितोपत्र बोर्ड (सेबोन) ले तयार पारी पठाएको प्रस्तावलाई आज अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत स्वीकृति दिएको छ । उक्त निर्णयअनुसार अब ती ब्रोकरहरुले आगामी चैत्र मसान्तभित्र न्यूनतम २० करोड रुपैयाँ पूँजी पुर्याउनु पर्नेछ ।

हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ९२ वटा ब्रोकर मध्ये ३० वटाले अझै सेबोनले तोकेको पूँजी पुर्याएका छैनन् । अघिल्लो पटक पूँजी अभावमा रहेका ३८ मध्ये ८ वटा ब्रोकरले भर्खरै २० करोड पूँजी पुर्याइसकेका छन् । बाँकी रहेका ३० वटालाई दिइएको समय सीमा यस असारमै सकिँदै थियो ।

सेबोनले २०७९ साल भदौमा सबै ब्रोकरलाई न्यूनतम २० करोड चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको थियो । तर ब्रोकरहरुले मर्जर ९गाभिने० प्रक्रिया अपनाउने विकल्प माग गर्दै समय थपको आग्रह गरेका थिए । उनीहरुको भनाइमा, धितोपत्र बोर्डले मर्जरसम्बन्धी निर्देशिका समयमा ल्याउन नसक्दा समयमै प्रक्रिया टुंग्याउन कठिन भएको हो ।

धितोपत्र बोर्डको प्रावधान अनुसार सीमित कार्य गर्ने ब्रोकरले न्यूनतम २० करोड, पूर्ण सेवा दिने ब्रोकरले ६० करोड, र स्टक डिलरका लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनुपर्नेछ । अहिले समय थप पाएका ३० ब्रोकर सीमित सेवा दिने भएकाले उनीहरुलाई २० करोड पूँजी पुर्याउनुपर्नेछ ।



nationalnews7 nationalnews7   
  • July 14, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP