Dark Mode

      Subscribe

आर्थिक वर्षको अन्तिम असारमा सरकारी ढुकुटीबाट अत्यधिक खर्च , अर्थविद्हरू चिन्तित

442
SHARES
आर्थिक वर्षको अन्तिम असारमा सरकारी ढुकुटीबाट अत्यधिक खर्च , अर्थविद्हरू चिन्तित

काठमाडौं । आर्थिक वर्षको अन्तिम महिना असारमा सरकारले अत्यधिक खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार असार १ गतेदेखि ३० गतेसम्म ३० दिनको अवधिमा सरकारले २ खर्ब २७ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च गरेको छ। अर्थविद्हरूले प्रत्येक वर्ष असार महिनामा हुने अत्यधिक खर्चमाथि निरन्तर प्रश्न उठाउँदै आएका छन्। यस वर्ष पनि चालु शीर्षकअन्तर्गत—जसमा कर्मचारी तलब, भत्ता, गोष्ठीजस्ता नियमित खर्च पर्छन्— मात्रै १ खर्ब २५ अर्ब खर्च भएको छ। त्यस्तै, पुँजीगत खर्चका लागि ७० अर्ब ४६ करोडभन्दा बढी रकम प्रयोग गरिएको छ।

यो वर्षको लागि तत्कालीन अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गर्नुभएको थियो। तर त्यसको कार्यान्वयनको जिम्मेवारी राजनीतिक समीकरणको फेरबदलसँगै केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले पाएको हो। हालसम्म सरकारले जम्मा १५ खर्ब १५ अर्ब रुपैयाँ खर्च गरिसकेको छ। यद्यपि, कांग्रेस–एमाले गठबन्धनको सरकारले एक वर्ष पूरा गरिसक्दा पनि जनताले अपेक्षा गरेको परिवर्तन र परिणाम देखिएको छैन भन्ने आम धारणा रहेको छ।

चालु आर्थिक वर्ष  यही साउन ३२ गते बुधबार सकिँदैछ। साउन १ गते अर्थात् पर्सि बिहीबारदेखि आर्थिक वर्ष २०८२/८३ को नयाँ बजेट लागू हुँदैछ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ १५ मा प्रस्तुत गरेको १९ खर्ब ६४ अर्ब बराबरको बजेट संघीय संसदबाट पारित भइसकेको छ। सरकारले नयाँ बजेटमार्फत आर्थिक गतिविधिमा तीव्रता ल्याउने, निजी क्षेत्रको लगानी बढाउने, रोजगारीको अवसर सिर्जना गर्ने, पूर्वाधार निर्माण तोकिएको समयमा सम्पन्न गर्ने र कुल गार्हस्थ उत्पादन (GDP) मा ६ प्रतिशतको वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ।

 



nationalnews7 nationalnews7   
  • July 15, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP