Dark Mode

      Subscribe

एमाले अध्यक्ष ओलीले पार्टीमा बैठकको निर्णय सुनाउँदै भने– पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीति गर्न मिल्दैन

702
SHARES
एमाले अध्यक्ष ओलीले पार्टीमा बैठकको निर्णय सुनाउँदै भने– पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीति गर्न मिल्दैन

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नमिल्ने निर्णय गरेको छ । पार्टीको धारा ८ र ९ देखाउँदै अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र सक्रिय राजनीतिमा फर्कन नमिल्ने निर्णय सुनाए।

अध्यक्ष ओलीले यो निर्णय सुनाउँदै गर्दा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र कर्ण थापाले फरक मत राखेका थिए । एमालेको गएराति सम्पन्न केन्द्रीय कमिटीको बैठकले संविधानको पालना गराउने, राष्ट्राध्यक्ष भइसकेको र गणतन्त्रको प्रतीकलाई दलको कार्यकर्ता र नेता बनाउने विषय सुहाउँदो नभएको निष्कर्ष निकालेको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

पूर्वराष्ट्रपति भण्डारीले पार्टीको सक्रिय राजनीतिमा फर्कने निर्णय गरेपछि बहस शुरू भएको थियो । केन्द्रीय कमिटीको बैठकले त्यसलाई टुङ्ग्याउँदै आउँदो अधिवेशनबाट पनि वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै अध्यक्षमा निरन्तरता दिने निश्चित जस्तै भएको जनाउ दिएको छ ।

बैठकले ७० वर्षको उमेर हद र दुई कार्यकालको सीमालाई पनि हटाएर ओलीलाई पार्टी अध्यक्ष बन्ने बाटो खुला गरिदिएको छ । यो निर्णय आउँदो भदौमा हुने विधान अधिवेशनले पास गरेपछि वैधता पाउने छ । बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि दुई सय ६४ जनाले पोलिटब्युरोसहित केन्द्रीय सदस्यले धारणा राखेका थिए ।

बैठकले उपाध्यक्ष पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।त्यस्तै १५ जना पदाधिकारी र पोलिटब्युरोसहित दुई ५१ केन्द्रीय सदस्य बनाउने बैठकले निर्णय गरेको छ ।



nationalnews7 nationalnews7   
  • July 23, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP