Dark Mode

      Subscribe

चीनका ठूला उद्योगको नाफामा गिरावट

1.4K
SHARES
चीनका ठूला उद्योगको नाफामा गिरावट

बेइजिङ । चीनका प्रमुख औद्योगिक कम्पनीहरूको नाफा सन् २०२५ को पहिलो छ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.८ प्रतिशतले घटेको छ भन्ने तथ्याङ्क सार्वजनिक भएको छ ।

चीनको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार, वार्षिक मुख्य व्यापार आम्दानी कम्तीमा दुई करोड युआन वा सोभन्दा बढी हुने औद्योगिक कम्पनीहरूको संयुक्त नाफा जनवरीदेखि जुन महिनासम्मको अवधिमा तीन खर्ब ४४ अर्ब युआन पुगेको छ ।

उक्त अवधिमा ती कम्पनीहरूको कूल आम्दानी भने अघिल्लो वर्षको तुलनामा २.५ प्रतिशतले बढेको देखिएको छ । जुन महिनामा मात्र हेर्दा, ती ठूला औद्योगिक कम्पनीहरूको नाफा अघिल्लो वर्षको सोही महिनाको तुलनामा ४.३ प्रतिशतले घटेको छ । यद्यपि, यो गिरावट मे महिनाको तुलनामा केही कम भएको कार्यालयले जनाएको छ । -रासस/सिन्ह्वा



nationalnews7 nationalnews7   
  • July 27, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP