Dark Mode

      Subscribe

अडिटमा राजनीतिक हस्तक्षेप हुने सांसदहरुको आशंका, महालेखापरीक्षकद्वारा अस्वीकार

468
SHARES
अडिटमा राजनीतिक हस्तक्षेप हुने सांसदहरुको आशंका, महालेखापरीक्षकद्वारा अस्वीकार

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले अडिट प्रक्रियामा राजनीतिक हस्तक्षेप हुने सांसदहरूको आशंका अस्वीकार गर्दै कार्यालय पूर्णतः स्वतन्त्र रहेको स्पष्ट पारेका छन्। आइतबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले महालेखापरीक्षकको कार्यालय राजनीतिक हस्तक्षेपमुक्त रहेको स्पष्ट पारे।

अडिट प्रक्रियामा निष्पक्षता कायम गर्न कार्यालयले कुनै राजनीतिक आग्रह वा दबाब नस्वीकार्ने उनको भनाइ छ। उनले समितिका सांसदहरूले छलफलको बेला प्रश्न सोध्ने तर जवाफ नै नसुनी बैठकबाट बाहिरिने गरेको भन्दै असन्तुष्टि जनाए। उनले वर्षमा एकपटक बोलाएर प्रश्नमाथि प्रश्न गर्ने तर उत्तर नसुन्ने प्रवृत्तिलाई पनि आफू बेरुजु नै भन्ने गरेको भन्दै कटाक्ष गरे।

‘समपरीक्षण गर्दाखेरी राजनीतिक हस्तक्षेप भयो कि भन्ने कुरा उठेको छ यस्तो हुँदैन। होइन। किन होइन भने समपरीक्षण गर्दाखेरी महालेखापरीक्षकको कार्यालयमा ती कुनै पनि प्रतिवेदनहरू आउँदैनन्’, उनले भने, ‘महालेखा परीक्षकलाई यो हटाउनुस् र यो राख्नुस् भन्ने कुरा हुँदैन। त्यसकारण यसमा शंका नगर्नको लागि म आग्रह गर्न चाहन्छु।’ उनले मुलुकमा आर्थिक सुशासन कायम गर्ने सवालमा महालेखापरीक्षकको कार्यालय प्रतिबद्ध रहेको पनि बताए।



nationalnews7 nationalnews7   
  • July 27, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP