Dark Mode

      Subscribe

देशकाे सार्वजनिक ऋण साढे २९ खर्ब पुग्ने अनुमान, ऋणको बोझ बढ्दै

1.4K
SHARES
देशकाे सार्वजनिक ऋण साढे २९ खर्ब पुग्ने अनुमान, ऋणको बोझ बढ्दै

काठमाडौं । चालू आर्थिक वर्षको अन्त्यसम्म देशको सार्वजनिक ऋण साढे २९ खर्ब नजिक पुग्ने अनुमान गरिएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार २०८३ सालको असार मसान्तसम्म कुल सार्वजनिक ऋण २९ खर्ब ४२ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको हो। सो मध्ये ४६.८५ प्रतिशत आन्तरिक र बाँकी ५३.१५ प्रतिशत बाह्य स्रोतबाट लिइएको ऋण हुनेछ।

गत आर्थिक वर्ष २०८१/८२ मा मात्र दुई खर्ब ३१ अर्ब आठ करोड रुपैयाँ ऋण थपिएको थियो, जसले गर्दा कुल ऋण २६ खर्ब ६० अर्ब रुपैयाँमा पुगेको थियो। यसैबीच, चालू आर्थिक वर्षको अन्त्यसम्म ऋणको जीडीपी अनुपात ४३.०८ प्रतिशत हाराहारीमा रहने अनुमान गरिएको छ। अर्थशास्त्रीहरूको भनाइमा, जीडीपीको ४५ प्रतिशतसम्मको ऋण सिमा ‘सुरक्षित’ मानिए पनि खर्चको प्रकारले थप जोखिम निम्त्याउन सक्ने देखिन्छ।

विशेषज्ञहरू भन्छन् — राज्यले उत्पादनमुखी तथा प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुभन्दा तलब भत्ता तथा अल्पकालीन राजनीतिक स्वार्थका कार्यक्रमहरूमा ऋण खर्च गर्ने प्रवृत्ति बढिरहेको छ, जसले देशलाई ऋणको बोझमा थिच्न सक्ने खतरा निम्त्याएको छ।



nationalnews7 nationalnews7   
  • August 7, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP