Dark Mode

      Subscribe

विद्युत् व्यापारमा साढे चार अर्ब फाइदाः प्रधानमन्त्री ओली

741
SHARES
विद्युत् व्यापारमा साढे चार अर्ब फाइदाः प्रधानमन्त्री ओली

काठमाडौँ, २४ साउन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् व्यापारमा नेपाललाई रु साढे चार अर्ब फाइदा भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले शनिबार सामाजिक सञ्जालमार्फत नेपालले विद्युत्मा यस वर्ष साढे चार अर्ब फाइदा गरेको बताउनुभएको छ ।

“हामीले यस वर्ष साढे चार अर्ब फाइदा (आयातभन्दा साढे चार अर्ब रुपैयाँ बढीको बिजुली विदेश निर्यात) गर्ने सफलता पाएका छौँ । हामीले विद्युत् आयात परिमाण घटाउँदै लगेका छौँ”, प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले विगतमा बिजुलीको आमप्रयोगमा विद्युत्भार कटौती हटे पनि उद्योगमा विद्युत् कटौती गरिँदै आएकामा अब उद्योगमा पनि विद्युत् प्रवाह बढाइएको उल्लेख गर्नुभएको छ ।



nationalnews7 nationalnews7   
  • August 9, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP