Dark Mode

      Subscribe

‘ग्रे लिस्ट’ बाट निस्कन सरकारले चाल्यो कदम, सहकारीबाट काम

1.8K
SHARES
‘ग्रे लिस्ट’ बाट निस्कन सरकारले चाल्यो कदम, सहकारीबाट काम

काठमाण्डौ । सरकारले देशभरका सबै सहकारी सङ्घ–संस्थाहरूलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विवरण बुझाउन निर्देशन दिएको छ ।

सहकारी विभागले निकालेको सूचनालाई आधार मान्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकालाई परिपत्र गरेर निर्देशन कार्यान्वयन गर्न भनेको हो । ुफाइनान्सियल एक्सन टास्क फोर्सु को ‘ग्रे लिस्ट’ मा परेपछि यस्तो कदम चालेको सरकारले जनाएको छ ।

सरकारले ‘ग्रे लिस्ट’ बाट बाहिर निस्कन सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी पाँच वर्षे राष्ट्रिय रणनीति तथा कार्ययोजना लागू गरेको छ । त्यही कार्ययोजना अन्तर्गत सहकारी क्षेत्रको नियमन र सुपरिवेक्षणलाई सशक्त बनाउन लागिएको निर्देशनमा उल्लेख छ ।

निर्देशन अनुसार सबै सहकारी सङ्घ–संस्थाहरूले आर्थिक वर्ष २०८१र८२ को विवरण साउन मसान्तभित्र अनिवार्य रूपमा फारममार्फत भर्नुपर्नेछ । यो व्यवस्थाले सहकारी क्षेत्रमा हुने अपारदर्शी आर्थिक कारोबारलाई निरुत्साहित गर्ने र जोखिममा आधारित अनुगमन प्रणालीलाई बलियो बनाउने सरकारले अपेक्षा गरेको छ ।

गएको वर्षको फागुनमा सहकारी संस्थाको सङ्ख्या ३२ हजार ९ सय ६५ रहेको छ । सहकारी क्षेत्रमा ११ खर्ब २५ अर्ब २८ करोड बचत र ९ खर्ब २३ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।



nationalnews7 nationalnews7   
  • August 10, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP