Dark Mode

      Subscribe

काठमाडाैं महानगरले संस्थागततर्फको घरबहाल कर पनि उठाउन थाल्यो

585
SHARES
काठमाडाैं महानगरले संस्थागततर्फको घरबहाल कर पनि उठाउन थाल्यो

काठमाडाैं । काठमाडाैं महानगरपालिकाले संस्थागततर्फको घरबहाल कर पनि आफैँले सङ्कलन गर्न थालेको छ । यसअघि संस्थागत घरबहाल कर सङ्घीय सरकारले पनि उठाएपछि अन्योल रहेकोमा सर्वोच्च अदालतले पालिकाको अधिकारका पक्षमा फैसला गरेपछि महानगरले संस्थागततर्फको घरबहाल कर पनि उठाउन आफ्ना वडा कार्यालयहरूलाई परिपत्र गरेको हो ।

सर्वोच्च अदालतको संयुक्त इजलासको फैसला अनुसार बहाल कर सङ्कलन गर्न/गराउन सबै वडाहरूलाई निर्देशन दिँदै वडालाई पत्र पठाएको महानगरको राजस्व विभागका प्रमुख दीपक अधिकारीले जानकारी दिनुभयो ।

नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले घरबहाल कर उठाउने अधिकार पालिकालाई दिए पनि सङ्घीय सरकारको मन्त्रिपरिषद् बैठकले २०७४ साल चैतमा संस्थागत बहाल कर आन्तरिक राजस्व कार्यालयमार्फत उठाउने निर्णय गरेको थियो । एउटै कर दुई फरक सरकारी निकायले उठाउँदा समस्या भएपछि यो मुद्दा अदालतमा पुगेको थियो ।



nationalnews7 nationalnews7   
  • August 21, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP