Dark Mode

      Subscribe

उखु किसानहरूको काठमाण्डौ केन्द्रित आन्दोलन, आईतबारदेखि धर्नामा

442
SHARES
उखु किसानहरूको काठमाण्डौ केन्द्रित आन्दोलन, आईतबारदेखि धर्नामा

काठमाडौं । उखु किसानहरू सरकारले दिने अनुदानको बक्यौता माग्दै काठमाण्डौको माइतीघरमा धर्ना बसेका छन् । सरकारले दिने प्रतिक्विन्टल ७० रुपैयाँको बक्यौता भुक्तानी हुनुपर्ने माग गर्दै किसानहरू आईतबारदेखि धर्नामा बसेका हुन् ।

सरकारले अघिल्लो आर्थिक वर्षको अनुदान भुक्तानी गरेको छैन । आर्थिक वर्ष २०८१र८२ मा देशका १३ वटा चिनी मिलमा किसानहरूले २ करोड १५ लाख क्विन्टल उखु बिक्री गरेका थिए । यसअनुसार सरकारले किसानलाई झन्डै १ अर्ब ६० करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ ।

यस्तै सरकारले यस वर्षदेखि अनुदान घटाएर प्रतिक्विन्टल ३५ रुपैयाँमा झारेको छ । साङ्केतिक रूपमा उखु बोकेर माइतीघर मण्डलामा धर्ना दिइरहेका १३ जिल्लाका अगुवा किसानहरूले गएको आर्थिक वर्षको भुक्तानीसहित यस वर्षदेखि पनि प्रतिक्विन्टल ७० रुपैयाँ नै भुक्तानी हुनुपर्ने माग गरेका छन् ।

महासङ्घका संयोजक श्यामबाबु रायका अनुसार चिनी उद्योगहरूले किसानलाई दिनुपर्ने प्रतिक्विन्टल ५ सय ८५ रुपैयाँ भुक्तानी गरिसकेका छन् तर सरकारले दिने कबुल गरेको अनुदान नपाउँदा किसानहरू सडकमा आउन बाध्य भएका हुन् ।



nationalnews7 nationalnews7   
  • August 24, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP