Dark Mode

      Subscribe

एक महिनामा अहिलेसम्मकै धेरै रेमिट्यान्स भित्रियो

442
SHARES
एक महिनामा अहिलेसम्मकै धेरै रेमिट्यान्स भित्रियो

काठमाडौं । गएको आर्थिक वर्ष २०८१\८२ मा १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार रेमिट्यान्स अघिल्लो आर्थिक वर्षको तुलनामा १९ दशमलव २ प्रतिशतले बढेको हो । गएको असार महिनामा मात्रै १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो एक महिनामा भित्रिएको अहिलेसम्मकै धेरै रेमिट्यान्स हो ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष वैदेशिक रोजगारीका लागि ५ लाख ५ हजार ९ सय ५७ जनाले अन्तिम श्रम स्वीकृति र ३ लाख ३३ हजार ३ सय ९ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । आर्थिक वर्ष २०८०र८१ मा ४ लाख ६० हजार १ सय २ जनाले अन्तिम र २ लाख ८१ हजार १ सय ९५ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।



nationalnews7 nationalnews7   
  • August 24, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP