Dark Mode

      Subscribe

इजरायली नाकाबन्दीका कारण गाजामा भोकमरी, ३२ हजार बालबालिकामा कुपोषण

884
SHARES
इजरायली नाकाबन्दीका कारण गाजामा भोकमरी, ३२ हजार बालबालिकामा कुपोषण

गाजा । संयुक्त राष्ट्रसङ्घ (यूएन) र सहायताकर्मी संस्थाहरूले गाजामा भोकमरी भयाभह बनेको चेतावनी दिएका छन् ।

बुधबार यूएन सुरक्षा परिषदलाई सम्बोधन गर्दै यूएनका सहायक मानवीय प्रमुख जोय्स मुसुयाले गाजाको उत्तर–मध्य भागमा भोकमरी पुष्टि भएको र अर्को महिनाको अन्त्यसम्ममा देइर अल–बलाह र खान युनिससम्म फैलिने अनुमान गरिएको बताउनुभयो । अहिले पाँच लाखभन्दा बढी मानिस भोक, अभाव र ज्यान जाने जोखिममा रहेको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।

सेप्टेम्बरको अन्त्यसम्म यो संख्या ६ लाख ४० हजार नाघ्न सक्ने अनुमान छ । जसमा पाँच वर्षमुनिका एक लाख ३२ हजार बालबालिका गम्भीर कुपोषणको जोखिममा छन् । गाजाको स्वास्थ्य मन्त्रालयले हिजो मात्र १० जनाको भोकमरी र कुपोषणका कारण ज्यान गएको जनाएको छ ।

युद्ध शुरू भएयता गाजामा भोकमरीका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन सय १३ जना पुगेको र जसमा एक सय १९ बालबालिका रहेको खबरमा उल्लेख छ ।



nationalnews7 nationalnews7   
  • August 28, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP