Dark Mode

      Subscribe

सामाजिक उत्तरदायित्व कोषको रकम खर्च गर्न बैंक तथा वित्तीय संस्थाहरुमाथि कडाई

351
SHARES
सामाजिक उत्तरदायित्व कोषको रकम खर्च गर्न बैंक तथा वित्तीय संस्थाहरुमाथि कडाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्व (CSR) को नाममा रकम खर्च गर्ने तरिका थप कडा बनाएको छ। बैंक तथा वित्तीय संस्था नियमन विभागले आज ‘संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन, २०८१’ (पहिलो संशोधन, २०८२) सार्वजनिक गर्दै अबदेखि गरीब तथा विपन्न वर्गलाई लक्षित नगरेका कार्यक्रम वा बैंक/वित्तीय संस्थाका कर्मचारी तथा निजी आयोजनामा खर्च गरिएको पाइएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार कारबाही हुने स्पष्ट पारेको हो।

नयाँ मार्गदर्शनअनुसार, अर्थशास्त्र, कानुन र व्यवस्थापन संकायमा अध्ययनरत गरीब तथा न्यून आम्दानी भएका परिवारका विद्यार्थीहरूलाई फेलोसिप वा रिसर्च ग्रान्टमार्फत सहयोग गर्न सकिने व्यवस्था गरिएको छ। तर, यसका लागि सम्बन्धित विश्वविद्यालय वा कलेजबाट सिफारिस हुनुपर्नेछ। यस्तो सहयोग स्नातकोत्तर, एमफिल वा पीएचडी तहमा अध्ययन तथा अनुसन्धान कार्यका लागि मात्र प्रयोग गर्न पाइनेछ।

इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्व कोष परिचालन गर्न वार्षिक कार्ययोजना तयार गर्नुपर्नेछ। साथै, हरेक अर्धवार्षिक अवधिमा संचालन गरिने कार्यक्रमहरूको सूची त्यो अवधिको सुरु हुनुभन्दा कम्तीमा १५ दिन अघिनै राष्ट्र बैंकको सुपरिवेक्षण विभागमा बुझाउनु पर्नेछ। राष्ट्र बैंकले स्पष्ट पारेअनुसार, यस मार्गदर्शन लागू भएपछि पहिलो अर्धवार्षिक कार्यक्रमको सूची असोज महिनाको अन्त्यसम्ममा पेश गर्न सकिने छ।



nationalnews7 nationalnews7   
  • August 29, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP