Dark Mode

      Subscribe

‘अब घरजग्गा कारोबार गर्न अनिवार्य लाइसेन्स ‘

1.3K
SHARES
‘अब घरजग्गा कारोबार गर्न अनिवार्य लाइसेन्स ‘

काठमाडौं । अब घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य हुने भएको छ। सरकारले मालपोत नियमावलीमा संशोधन गर्दै घरजग्गा व्यवसायीले लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको हो।

२०३६ सालमा बनेको नियमावलीमा आठौं संशोधन गर्दै परिच्छेद–६ को (ख) मा घरजग्गा कारोबारका लागि लाइसेन्स आवश्यक हुने प्रावधान राखिएको छ। यस अनुसार अब घरजग्गा व्यवसायीले लाइसेन्सका लागि आवेदन दिनुपर्नेछ।

सरकारको विगतका बजेट वक्तव्यमा पनि घरजग्गा कारोबारमा लाइसेन्स आवश्यक हुने व्यवस्था उल्लेख भए पनि नियमावलीमा स्पष्ट प्रावधान नहुँदा कार्यान्वयन हुन सकेको थिएन।



nationalnews7 nationalnews7   
  • August 30, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP