Dark Mode

      Subscribe

गोंगबुबाट स्रोत नखुलेकाे ३ करोड ५० लाख नगद र गरगहना बरामद

871
SHARES
गोंगबुबाट स्रोत नखुलेकाे ३ करोड ५० लाख नगद र गरगहना बरामद

काठमाडौं । प्रहरीले गोंगबुस्थित विनोदकुमार श्रेष्ठको घरबाट ३ करोड ५० लाख रुपैयाँ नगद बरामद गरेको छ ।  बरामद नगदको स्रोत खुल्न नसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार सो घरमा स्रोत नखुलेका ठूलो परिमाणका गरगहना पनि फेला परेको र थप अनुसन्धान जारी रहेको छ ।

प्रहरीको प्रारम्भिक अनुमानअनुसार ती गरगहना भन्सार छलाफटक गरेर ल्याइएका हुनसक्ने र त्यसको भण्डारण तथा विक्रीबाट सो रकम जम्मा भएको हुनसक्ने देखिएको छ ।

हालसम्म ती नगद तथा गरगहना भण्डारण गर्ने व्यक्ति वा कारोबारीको पहिचान खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।



nationalnews7 nationalnews7   
  • September 2, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP