Dark Mode

      Subscribe

जेन जी प्रदर्शनलाई लक्षित गर्दै काठमाडौंका मुख्य क्षेत्रमा कडा सुरक्षा व्यवस्था

429
SHARES
जेन जी प्रदर्शनलाई लक्षित गर्दै काठमाडौंका मुख्य क्षेत्रमा कडा सुरक्षा व्यवस्था

काठमाडौं, भदौ २२ । आज आयोजना भएको जेन जी (Gen Z) प्रदर्शनलाई लक्षित गर्दै काठमाडौंका मुख्य स्थानहरूमा नेपाल प्रहरीले सुरक्षा सतर्कता कडा पारेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एसपी अपिलराज बोहराले शान्तिपूर्ण प्रदर्शनका लागि अहिले बल प्रयोगको आवश्यकता नदेखिएको बताएका छन्। तर, प्रदर्शन अराजक बन्दै निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास भएमा, प्रहरीले पूर्वचेतावनी दिएर बल प्रयोग गर्नसक्ने स्पष्ट पारेका छन्।

“उहाँहरू जस्तो व्यवहार देखाउनुहुन्छ, हामी पनि त्यसअनुसार प्रस्तुत हुन्छौं,” बोहरा भन्छन्, “हामीसँग सबै किसिमको सुरक्षा तयारी छ। विभिन्न टोलीहरूलाई संवेदनशील क्षेत्रमा तयारी अवस्थामा राखिएको छ।” यसैबीच, प्रदर्शनको सम्भावित प्रभावलाई मध्यनजर गर्दै उपत्यका ट्राफिक प्रहरी महाशाखाले पनि ट्राफिक व्यवस्थापनमा कडाइ गरेको छ।

ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले नयाँ बानेश्वरदेखि माइतीघर मार्गसम्मको क्षेत्रमा सडक प्रभावित हुन सक्ने जनाएका छन्। उनका अनुसार, बिहान ९ बजेदेखि १० बजेसम्मको अवस्थाको आधारमा बाटो डाइभर्सन गर्नुपर्ने वा नपर्नेबारे निर्णय लिइनेछ।

“शान्तिपूर्ण प्रदर्शन भनेका कारण सडक अवरोध हुने आशंका कम छ,” एसएसपी अधिकारीले बताए, “तर यदि स्थिति बदलियो भने आवश्यक ट्राफिक व्यवस्था तुरुन्त लागू गरिनेछ।” प्रदर्शन शान्तिपूर्ण हुने अपेक्षा गरिएको भए पनि सुरक्षा र ट्राफिक व्यवस्थापनमा राज्य संयन्त्र सतर्क देखिएको छ।



nationalnews7 nationalnews7   
  • September 8, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP