Dark Mode

      Subscribe

जेनजी आन्दोलनमा गोली लागेर एकजनाको ज्यान गयो, लगभग सय घाइते

299
SHARES
जेनजी आन्दोलनमा गोली लागेर एकजनाको ज्यान गयो, लगभग सय घाइते

काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एक जनाको मृत्यु भएको छ । ७०–८० जना घाइते उपचाररत छन् । उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

यसैबीच, जेनजीको आन्दोलनमा घाइते भएका थप २० जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बानेश्वर क्षेत्रमा प्रहरीले गोली चलाउँदा घाइते भएका २० जनालाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको हो ।

ट्रमा प्रशासनका अनुसार उनीहरुको जाँच हुनुका साथै उपचार भइरहेको छ । यस्तै, अन्य दर्जनौ घाइतेको सिभिल अस्पतालमा उपचार भइरहेको छ । उपचार भइरहेका घाइतेको संख्या यकिन नभएको अस्पताल स्रोतले जनाएको छ ।



nationalnews7 nationalnews7   
  • September 8, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP