Dark Mode

      Subscribe

नेपाल प्रहरीको ३३ औँ महानिरीक्षकमा नियुक्त दानबहादुर कार्की को हुन् ?

221
SHARES
नेपाल प्रहरीको ३३ औँ महानिरीक्षकमा नियुक्त दानबहादुर कार्की को हुन् ?

काठमाडौं । नेपाल प्रहरीको ३३ औँ महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त भएका छन्। हाल उनी काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई महानिरीक्षक नियुक्त गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन्।

वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ प्रहरी नियमावलीमा तोकिएको ३० वर्षे सेवा अवधिका कारण २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाने भएकाले सरकारले त्यसअघि नै नयाँ प्रमुखको नियुक्ति गरेको हो।

२४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा कार्कीले काठमाडौं उपत्यकाको कमाण्ड सम्हालेका थिए। त्यसअघि, २३ भदौमा उपत्यका कमाण्ड एआईजीविहीन रहेको थियो। उपत्यकाको कमाण्डअघि उनी प्रहरी प्रधान कार्यालयको मानव स्रोत साधन विभागका प्रमुख थिए।

कुनै आर्थिक विवादमा नपरेका कार्कीले फिल्डदेखि आईजीपी सचिवालयसम्म विभिन्न जिम्मेवारीमा रहेर अनुभव जुटाएका छन्। विदेशमा विभिन्न तालिम पूरा गरेका उनले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता भएर पनि सेवा गरिसकेका छन्। २०५४ चैत १८ मा नेपाल प्रहरीको निरीक्षक ९इन्स्पेक्टर० दर्जामा भर्ना भएका कार्की २०२९ साउन १५ मा गुल्मीमा जन्मिएका हुन् ।



nationalnews7 nationalnews7   
  • November 10, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP