Dark Mode

      Subscribe

हाजिरी जमानीमा राखेर निकोलसमाथिकाे अनुसन्धान अघि बढाउन सर्वोच्चकोआदेश

195
SHARES
हाजिरी जमानीमा राखेर निकोलसमाथिकाे अनुसन्धान अघि बढाउन सर्वोच्चकोआदेश

काठमाडौं । सर्वोच्च अदालतले कमल भुसाल उर्फ निकोलस भुसालले आफूलाई बन्दी बनाइएको भन्दै सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ ।

भुसालले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सोमबार न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले खारेज गर्दै हाजिरी जमानीमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।

भड्काउपूर्ण अभिव्यक्तिपछि पक्राउ परेका भुसालको बन्दीप्रत्यक्षीकरण रिटमा यसअघि सर्वोच्च अदालतले गृह मन्त्रालयको नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

भुसालले गत कात्तिक १६ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको घर घेर्ने भन्दै सामाजिक सञ्जालमा अभिव्यक्ति दिएका थिए ।



nationalnews7 nationalnews7   
  • November 10, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP