Dark Mode

      Subscribe

प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकद्वारा ग्राहकलाई आग्रह

117
SHARES
प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकद्वारा ग्राहकलाई आग्रह

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ। बैंकले ‘आयकर ऐन २०५८’ बमोजिम खाताबाट काटिएको कर (टीडीएस) विवरणलाई स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकाले यस्तो आग्रह गरेको हो।

बैंकका अनुसार, निक्षेपकर्ताको ब्याजभुक्तानी वापत काटिएको करलाई ई-टीडीएस रेकर्डमा समावेश गर्न प्यान अनिवार्य छ। प्यान अद्यावधिक भएपछि ग्राहकहरूको करकट्टी विवरण सोही प्यानमा प्रविष्ट गरिने र आयकर प्रणालीले अनुसूची १० मा स्वचालित रूपमा मिलान गर्ने बैंकले जनाएको छ।

यसले गर्दा ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने र प्रमाणपत्र लिन बैंकसम्म पुग्नु नपर्ने सुविधा हुने बैंकले विश्वास व्यक्त गरेको छ।

ग्राहकहरूले आफ्नो प्यान panupdate.nicasiabank.com मा वा ‘एनआईसी एशिया मो बैंक’ मोबाइल एपको ‘प्यान अपडेट’ विकल्पमार्फत अद्यावधिक गर्न सक्नेछन्। साथै, इच्छुक ग्राहकले नजिकको जुनसुकै शाखा कार्यालयबाट पनि प्यान अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको छ।



nationalnews7 nationalnews7   
  • November 12, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP