Dark Mode

      Subscribe

मतदाता नामावली दर्ता उत्साहजनक, पछिल्लो संख्या ५ लाख नाघ्यो

91
SHARES
मतदाता नामावली दर्ता उत्साहजनक, पछिल्लो संख्या ५ लाख नाघ्यो

काठमाडौं। फागुन २१ मा हुन लागेको निर्वाचनका लागि मतदाता नामावली दर्ता उत्साहजनक देखिएको छ ।
राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली संकलन सुरु भएपछि नयाँ मतदाताको सङ्ख्या उत्साहजनक रूपमा वृद्धि भएको हो।

निर्वाचन आयोगका अनुसार हालसम्म बायोमेट्रिक प्रणालीमार्फत दर्ता हुनेको सङ्ख्या ३ लाख नाघेको छ। यस्तै राष्ट्रिय परिचयपत्रमार्फत दर्ता हुनेको संख्या पनि २ लाख २५ हजार पुगेको छ।

बायोमेट्रिक प्रणालीमार्फत दर्ता गराउन छुटेकाहरूको लागि मंसिर ५ गतेसम्मको लागि म्याद थपिएको छ । दर्ता केन्द्रहरूमा प्राविधिक समस्या देखिए पनि उनीहरूको समाधान क्रमशः भइरहेको अधिकारीहरूले बताएका छन्।



nationalnews7 nationalnews7   
  • November 17, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP