Dark Mode

      Subscribe

‘बचत तथा लगानीको गतिलो आधार’ सृष्टि सहकारी, शनिबार २९ औं साधारणसभा

221
SHARES
‘बचत तथा लगानीको गतिलो आधार’ सृष्टि सहकारी, शनिबार २९ औं साधारणसभा

विराटनगर (केशव भट्टराई)। विराटनगर- २ स्थित सृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले यही मंसिर ६ गते शनिबार २९ औं साधारणसभा गर्ने भएको छ । उक्त साधारणसभामा संस्थाको कार्यनीति कार्ययोजनासहित आर्थिक बर्ष २०८१\०८२को आम्दानी तथा खर्चको यर्थाथ विवरण र २०८२/०८३ को अनुमानित विवरण प्रस्तुुत गरिने छ ।

संस्थाका अध्यक्ष मोहनप्रसाद भट्टराईले २०८१\०८२ को वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु हुनेछ । देशमा भएका विभिन्न आरोहअवरोहका बाबजुद सृष्टि सहकारीले सन्तोषजनक उपलब्धि हासिल गरेको अध्यक्ष भट्टराईले यस सञ्चारमाध्यमलाई जानकारी दिनु भयो । यसैगरी साधारणासभाकाे अवसरमा लेखा समितिका संयोजक निवास पोखरेलले लेखा प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।

कार्यक्रममा असल बचतकर्ता र असल ऋणिको रुपमा ४ जना शेयर सदस्यहरुलाई नगद तथा प्रशंसापत्रसहित पुरस्कृत गरिनेछ । संस्थाका सेयर सदस्यका सन्ततीहरुमध्ये १०+२ मा उच्च अंक हासिल गर्ने एक छात्र र एक छात्रालाई प्रशंसापत्रसहित नगद पुरस्कार दिइने छ ।

२०५३ साल पुष १६ गते स्थापना भएको यस सहकारीमा हाल १ हजार ४५ महिला सदस्य र ९ सय ९१ पुरुष गरि २ हजार ३६ जना शेयर सदस्यहरु रहेका संस्थाका लेखापाल प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

हाल सृष्टि सहकारी संस्थाको सेयर पुँजी २ करोड ५० लाख ६ हजार १ सय रूपियाँ रहेको छ भने आर्थिक वर्ष २०८१\०८२ मा सम्पति तथा दायित्वतर्फ १६ करोड ८० लाख ९५ हजार ७ सय ५६ रुपियाँ २५ पैसा रहेको छ । सो अन्तर्गत निक्षेप ९ करोड ६० लाख ९१ हजार ३ सय ७६.७५ रूपियाँ छ भने सेयर सदस्यहरुलाई संस्थाले १० करोड ८ लाख ४५ हजार ५ सय ७६ रुपियाँ ऋण लगानी गरेको छ ।

 



nationalnews7 nationalnews7   
  • November 18, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP