Dark Mode

      Subscribe

चार महिनामा ७ खर्बभन्दा बढी वैदेशिक व्यापार, निर्यातमा ७७ प्रतिशतले वृद्धि

91
SHARES
चार महिनामा ७ खर्बभन्दा बढी वैदेशिक व्यापार, निर्यातमा ७७ प्रतिशतले वृद्धि

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालले ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ। भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्म भएको यो व्यापार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.१८ प्रतिशतले बढी हो। गत वर्ष यसै अवधिमा कुल व्यापार ५ खर्ब ६६ अर्ब ५ करोड रुपैयाँ रहेको थियो।

यस अवधिमा नेपालले ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ बराबरका वस्तु आयात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.७१ प्रतिशतले वृद्धि भएको हो। गत आवको सोही अवधिमा आयात ५ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँमा सीमित थियो।

निर्याततर्फ भने उल्लेखनीय सुधार देखिएको छ। चार महिनामा नेपालबाट ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ बराबरका वस्तु तथा सेवा निर्यात भएका छन्, जुन गत वर्षको तुलनामा ७७.५१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यसै अवधिमा ५२ अर्ब ६७ करोड ७ लाख रुपैयाँको निर्यात भएको थियो।

यद्यपि, आयात बढी हुँदा नेपालले यस अवधिमा ५ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ। यो घाटा गत वर्षको सोही अवधिको तुलनामा ११.९९ प्रतिशतले बढी हो। अघिल्लो आवमा व्यापार घाटा ४ खर्ब ६० अर्ब ७१ करोड रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ।



nationalnews7 nationalnews7   
  • November 23, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP