Dark Mode

      Subscribe

एनसेल–डिशहोम सहकार्यमा ‘एनपीएल प्ले प्याक’ सार्वजनिक, मोबाइलबाटै लाइभ खेल हेर्न सकिने

117
SHARES
एनसेल–डिशहोम सहकार्यमा ‘एनपीएल प्ले प्याक’ सार्वजनिक, मोबाइलबाटै लाइभ खेल हेर्न सकिने

काठमाडौं । एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका खेललाई डिजिटल माध्यमबाट सहज रूपमा हेर्न मिल्ने गरी डिशहोमसँगको सहकार्यमा ‘एनपीएल प्ले प्याक’ सञ्चालनमा ल्याएको छ । यस प्याकमार्फत ग्राहकले डिशहोम गो एप प्रयोग गरी आफ्नै मोबाइलमा एनपीएलका लाइभ खेलको मजा लिन सक्नेछन् ।

ग्राहकलाई खेल हेर्न थप सजिलो बनाउने उद्देश्यले ल्याइएको यो प्याक कर सहित रु २९९ मा उपलब्ध हुनेछ । प्याकमा बन्डल डेटा र अन्य सुविधा समावेश गरिएको छ भने डिशहोम गो एपमा सहज पहुँच सुनिश्चित गरिएको एनसेलले जनाएको छ ।

एनपीएल प्ले प्याक अन्तर्गत ग्राहकले २८ दिनसम्म मान्य १ जीबी डेटा प्राप्त गर्नेछन् । यो प्याक एनसेल एप, *८१२३३# डायल गरी वा देशभर रहेका एनसेलका खुद्रा विक्रेतामार्फत सहजै खरिद गर्न सकिन्छ । प्याक सक्रिय गरेपछि ग्राहकले मोबाइलमा प्राप्त एसएमएसमार्फत डिशहोम गो एप लगइन गरी एनपीएलका खेलहरू प्रत्यक्ष हेर्न पाउनेछन् ।

एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपेन्द्र दत्तले बन्डल डेटासहित मोबाइलमै प्रत्यक्ष खेल हेर्ने सुविधा दिन पाउँदा संस्था खुसी भएको उल्लेख गरे । उनले डिशहोमसँगको साझेदारीले ग्राहकलाई निर्बाध रूपमा एनपीएलका खेलको लाइभ अनुभव दिलाउने र क्रिकेटप्रतिको रोमाञ्चकतामा थप वृद्धि गर्ने विश्वास व्यक्त गरे ।

पहिलो संस्करणझैं एनसेलले दोस्रो संस्करणमा पनि एनपीएलको ‘पावर्ड बाइ’ साझेदारको रूपमा सहकार्यलाई निरन्तरता दिएको छ । यस वर्ष ‘युनाइटेड बाइ क्रिकेट, कनेक्टेड बाइ एनसेल’ नारासहित प्रतियोगितामा सहभागी हुँदै एनसेलले एनपीएल फ्यान प्याक पनि सार्वजनिक गरिसकेको छ ।

साथै, सामाजिक उत्तरदायित्व अन्तर्गत एनसेल फाउन्डेसनले यस वर्ष पनि एनपीएलमा प्रहार हुने प्रत्येक चौका वापत ग्रामीण तथा दुर्गम क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ । यसबाट खेलसँगै शिक्षाको प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।



nationalnews7 nationalnews7   
  • November 28, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP