Dark Mode

      Subscribe

दुर्गा प्रसाईँले प्रधानमन्त्री कार्कीलाई दिए दुर्गाको मूर्ति उपहार, मागे माफी

286
SHARES
दुर्गा प्रसाईँले प्रधानमन्त्री कार्कीलाई दिए दुर्गाको मूर्ति उपहार, मागे माफी

काठमाडौं । नागरिक बचाउ महाअभियानका संस्थापक दुर्गा प्रसाईँ नेतृत्वको टोली आज सिंहदरबार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेको छ। भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना तथा मुख्य सचिव सुमनराज अर्याल पनि सहभागी थिए।

भेटका क्रममा प्रसाईँले प्रधानमन्त्री कार्कीलाई देवी दुर्गाको मूर्ति सम्मानस्वरूप प्रदान गरे। साथै, विगतमा आफूले सार्वजनिक रूपमा दिएका टिप्पणीप्रति खेद व्यक्त गर्दै माफी मागेको कार्कीको सचिवालयले जनाएको छ। उपहार हस्तान्तरण गर्दै प्रसाईँले भने, “मैले बाहिर भनेका केही कुरामा सरी भन्छु। तपाईँ माता जस्तै हुनुहुन्छ, दुर्गाको रूप धारण गरेर काम गर्नुहोस्। हामी यस सरकारको साथमा दृढ भएर उभिन्छौँ।” केही दिनअघि प्रसाईँले सञ्चारकर्मीहरूसँग कुरा गर्ने क्रममा प्रधानमन्त्री कार्कीबारे लैंगिक हिंसा ठहरिन सक्ने अभिव्यक्ति दिएका थिए, जसमा व्यापक आलोचना भएको थियो।

आजको छलफलमा प्रसाईँले सरकार आफ्नो आवाज सुन्न तयार भएकोमा धन्यवाद व्यक्त गरे। सडक आन्दोलनका मुद्दाहरूलाई वार्तामार्फत सम्बोधन गर्न तयार पारिएको वातावरणको उनले प्रशंसा गरे। सचिवालयले उद्धृत गरेको उनको भनाइअनुसार, “यसअघि कुनै सरकारले हाम्रो माग सुन्न चाहेन। तर अहिले हामी प्रधानमन्त्रीको टेबुलमा बसेर आफ्ना कुरा राख्न सक्षम भएका छौँ, जसका लागि प्रधानमन्त्रीज्यू र गृहमन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु।”

प्रधानमन्त्री कार्कीले भ्रष्टाचार र बेथिति नियन्त्रण आफ्नो प्राथमिकता रहेको दोहोर्याउँदै प्रसाईँले राखेका कतिपय मागहरू जेनजी आन्दोलनका मागसँग मेल खाने भएकाले संबोधन गर्नु सरकारको दायित्व हुने बताइन्। तर ऋण मिनाहा जस्ता विषयहरू राज्यले व्यहोर्न सक्ने क्षमता हेर्नुपर्ने टिप्पणी पनि उनले गरिन्। सचिवालयका अनुसार प्रसाईँले उठाएका मुद्दाहरूमा निरन्तर वार्ता र समन्वय जारी राख्ने सहमति दुवै पक्षबीच बनेको छ।



nationalnews7 nationalnews7   
  • December 8, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP