Dark Mode

      Subscribe

विभाजनको संघारमा बुद्ध एयर, आन्तरिक विवाद अदालत पुग्यो !

299
SHARES
विभाजनको संघारमा बुद्ध एयर, आन्तरिक विवाद अदालत पुग्यो !

पुस ७, काठमाडौँ । नेपालको ठूलो हवाई कम्पनी बुद्ध एयर विभाजनको डिलमा पुगेको छ । कम्पनीको सेयरधनीहरुको विवाद अदालतमा पुगेपछि विभाजनको अन्तिम अवस्थामा पुगेको हो । बुद्ध एयरका अध्यक्ष वीरेन्द्र बहादुर बस्नेत राजनीतिमा होमिएपछि आफ्नो आर्थिक अधिकार सुरक्षाको लागि अन्य सेयर सदस्यहरु अदालत गएका हुन् ।

२०८२ कार्तिक २३ गते मुद्दा नं २०८२ CB ०००९ मा दर्ता रहेको मुद्दामा बुद्ध एयरका तर्फबाट एकाएक अधिवक्ता अशांकन मल्लको बहस पैरवीपछि निवेदकको पक्षले माग गरेको दैनिक र आवश्यक कार्य सञ्चालन खर्चबाहेक अन्य खर्च गर्न निषेध गरिपाउँ भनी दिएको निवेदनमा अन्तरिम आदेश नगरी अन्याय गरेको भन्दै सर्वोच्च अदालतमा निवेदन दिने तयारी रहेको एक कानुन व्यवसायीले जानकारी दिए । बुद्ध एयरको मुद्दामा अधिवक्ता  मल्ल पहिलो पटक बहस गर्न आएका हुन् ।

राजनीति दल खोलेपछि बस्नेतले अनावश्यक खर्च गरेर बुद्ध एयरलाई नोक्सान पुर्‍याउने सम्भावना रहेकाले अब सेयर सदस्यले सेयरअनुसार सम्पत्ति बण्डा गर्न निवेदन परेको थियो । मागको आदेश तत्काल कार्यान्वयनमा लैजान निवदेनमार्फत माग दाबी गरिएको थियो ।

कम्पनीको आन्तरिक मनोमानीलाई अदालतले सच्याउनेमा शिवेन्द्र बस्नेतले विश्वास व्यक्त गरेका छन्। अदालतले आफ्नो पक्षमा फैसला गर्ने सो समूहको विश्वास छ ।



nationalnews7 nationalnews7   
  • December 22, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP