Dark Mode

      Subscribe

क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म रास्वपाको समानुपातिक सूचीमा

286
SHARES
क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म रास्वपाको समानुपातिक सूचीमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत ११० जनाको उम्मेदवार सूची निर्वाचन आयोगमा दर्ता गराएको छ। रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँग एकता भएपछि मध्यरातमा उक्त सूची आयोगमा बुझाएको हो।

सोमबार मात्रै दुवै समूहबीच एकता सम्पन्न भएपछि बुझाइएको समानुपातिक सूचीमा कलाकार प्रकाश सपूत र नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लजस्ता चर्चित व्यक्तिहरू पनि समेटिएका छन्।

सूचीअनुसार बालेन्द्र शाह समूहका ४० जना र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका १८ जना उम्मेदवार रहेका छन्। बाँकी उम्मेदवार रास्वपाका तर्फबाट समावेश गरिएको पार्टीले जनाएको छ।



nationalnews7 nationalnews7   
  • December 30, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP